जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले राहदानी (पासपोर्ट) को अनलाइन फारम निःशुल्क गरेपछि सेवाग्राही खुसी भएका छन् ।
माघ महिना सुरु हुनुअघि जिल्ला प्रशासन कार्यालय बाहिरका विभिन्न व्यवसायीले ३ स सयदेखि ५ रुपैयाँमा राहदानीका लागि फारम भर्ने व्यवस्था मिलाउँदै आएका थिए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले सीआईएनको संयोजन र रुकुम पश्चिम अनि जाजरकोटका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम जीवनरक्षाको २८ औँ भागमा राहदानी (पासपोर्ट) को अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
उहाँका अनुसार यही माघ १ गतेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले निःशुल्क फारम भर्ने व्यवस्था गरेको हो ।
राहदानीका लागि अनलाइन फारम शुल्कका नाममा मनपरी लिइएको गुनासो बढेको बारेमा कार्यक्रममा छलफल भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०, ०७:४०