संसदमा बुधबार (आज) पनि आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल चल्नेछ । बजेट माथिको छलफल सोमबारबाट सुरूभएको हो।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल एमालेसहित अन्य प्रतिपक्षी दलका सांसदले बजेटले आम नागरिकका आवश्यकता संबोधन गर्न नसकेको र देशको अर्थतन्त्रको सुधारका लागि खास पहलकदमी गर्न नसक्ने भन्दै सच्याउन माग गरेका छन् र यस्तै अनधिकृत ब्यक्तिलाई प्रवेश गराइ करका दर हरेफेर गराएको भन्दै सांसदहरुले प्रश्न उठाइरहेका छन् ।
सत्ता पक्षका सांसदहरूले भने बजेट ब्यहारिक भएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिएका छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा कुनै पनि अनधिकृत ब्यक्तिको संलग्नता नरहेको भन्दै अनावश्यक विषयको समाचार बनाएर हल्ला गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०, १०:३५