काठमाडौँ । नेपालले आज(शुक्रवार)बाट बङ्गलादेशमा बिजुली निर्यात गर्न थालेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै शुक्रवारदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात हुन थालेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहम्मद फजुल कबिरले भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गर्नुभएको हो ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबिच असोज १७ गते सम्झौता भएको थियो। जसअनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा अर्थात् ६ दशमलव ४ अमेरिकी सेन्टका दरले निर्यात गर्ने छ ।
नेपालले भारतमा १० हजार मेगावाट ५ हजार मेगावाट बङ्गलादेशमा ५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१, १३:१४