काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइने भएको छ ।
रायमाझीलाई हिजो पक्राउ गरेर गएराति नै लैनचौर वृत्तमा सारिएको छ ।
प्रहरीले रायमाझीलाई हिजो काठमाडौँको बुढानीलकण्ठस्थित पासिकोटमा रहेको उनको आफन्तको घरबाट पक्राउ गरेको थियो ।
एमालेका निलम्बित सचिव रायमाझीको नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता खुल्दै गएको प्रहरीको भनाइ छ ।
पक्राउ पूर्जि जारी भएको ११ औँ दिनमा रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०