सुर्खेत । हरेक क्षेत्रमा पछाडी रहेको कर्णाली प्रदेश स्वास्थ्य सुविधाको हिसावले पनि पछाडी छ । भौगोलिक रुपमा विकट र दक्ष जनशक्ति नभएका कारण कर्णालीका नागरिक आधारभूत स्वास्थ्य सेवाबाट पनि बञ्चित छन् । कर्णाली प्रदेशमा चिकित्सकको अभाव र पहुँचमा स्वास्थ्य संस्था नहुँदा स्थानीयले स्वास्थ्य उपचारमा समस्या भोग्दै आएका छन् ।
हुम्लाको चंखेली गाउँपालिका वडा ३ का हजारी बुढालाई सदरमुकाममा रहेको अस्पताल पुग्न तीन दिन हिंड्नुपर्छ । यातायातको सुविधा छैन । बल्ल बल्ल अस्पताल पुग्दा कहिले डाक्टर भेटिंदैनन् कहिले औषधि सकिएको हुन्छ ।
बुढा गुनासो गर्नुहुन्छ, ‘हामीकन केही सहज नाइँ, जिल्ला अस्पताल सिमकोट ल्याउन सातदिन लाग्दाछन्, मुगु ल्याउन तीनदिन लाग्दाछन्, त्यो औषधि पनि नाइँ, त्यो सुत्केरी महिला स्याहारसंहार पनि नाइँ ।’
बुढा गुनासो गर्नुहुन्छ, ‘हामीकन केही सहज नाइँ, जिल्ला अस्पताल सिमकोट ल्याउन सातदिन लाग्दाछन्, मुगु ल्याउन तीनदिन लाग्दाछन्, त्यो औषधि पनि नाइँ, त्यो सुत्केरी महिला स्याहारसंहार पनि नाइँ ।’
हुम्लाकै सर्केगाढ गाउँपालिका वडा २ का गुरु कार्की पनि दुई हिंडेर अस्पताल पुगनुभयो । कार्की भन्नुहुन्छ, ‘त्यहाँ स्वास्थ्यकर्मी पनि हुन्छन्, कहिले हुँदैनन् । जटिल बिरामी हुँदाखेरि मान्छेले नै बोकेर लैजानुपर्छ र यहाँ जहाज पनि पाइदैन, सीमकोट आइपुग्दा राम्रो जाँच हुन्न, तल पु¥याउँदा बाटैमा अप्ठ्यारो हुने सम्भावना हुन्छ ।’
कर्णालीका अधिकांश जिल्लाका नागरिक यस्तै समस्या झेलिरहेका छन् । कर्णालीका दश जिल्ला मध्ये जुम्लामा एउटा शिक्षण अस्पताल छ । अरु जिल्लामा एक–एक वटा जिल्ला अस्पताल छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा भने एउटा प्रदेश अस्पताल पनि छ । कर्णाली प्रदेशभर १३ वटा प्राथामिक स्वास्थ्य केन्द्र छन् । तर पनि आम नागरिकले आधारभुत स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रमूख वृषबहादुर शाही भएका स्वास्थ्य संस्था र अस्पतालमा पनि चिकित्सकको अभाव हुँदा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताउनहुन्छ ।
कर्णालीमा १ सय १८ विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि त्यसको आधामात्र पदपूर्ति भएको छ । ३० जनाको दरबन्दी रहेपनि, प्रदेश अस्पतालमा हाल कार्यरत ११ जना विशेषज्ञ चिकित्सकमध्ये ९ जनाले संघ र २ जनाले प्रदेश रोजेपछि अस्पताल विशेषज्ञ चिकित्सक बिहिन भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा भने एउटा प्रदेश अस्पताल पनि छ । कर्णाली प्रदेशभर १३ वटा प्राथामिक स्वास्थ्य केन्द्र छन् । तर पनि आम नागरिकले आधारभुत स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् ।
यो समस्या समाधान गर्न प्रत्येक पालिकामा अस्पताल बनाउने योजना प्रदेश सरकारको रहेको र अबको नीति तथा कार्यक्रम र बजेटमा यो कुरालाई विशेष प्राथमिकता दिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल बताउनहुन्छ ।
मन्त्रालयले यो आर्थिक वर्षमा जिल्लामा सम्भव नभएपछी १६ जना गर्भवति महिलाको हेलिकप्टर मार्फत् उद्दार गरेको छ । कर्णालीमा विषेश गरि कुपोषण, श्वासप्रश्वास र रुखबाट लडेका बिरामी बढि मात्रामा अस्पताल पुग्ने गरेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६