काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पद मुक्त गरिएको छ । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्र अनुसार संघीय संसद सचिवालयले गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको हो ।
संसदका महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीले पार्टीबाट निष्कासन गरेको जानकारी संसद सचिवालयलाई गराएकाले नियम अनुसार सांसद पद रिक्त भएको सूचना जारी गरेको बताउनुभयो ।
संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद सचिवालयले जनाएको छ ।
नयाँ नक्शालाई निशान छापमा समावेश गर्ने गरि गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्दा पार्टीको ह्विप नमानेको भन्दै समाजवादीले निष्कासन गर्ने निर्णयय गरेको थियो ।
तीन सदस्यीय छानविन समिति बनाएर त्यसको प्रतिवेदनका आधारमा पार्टीले निर्णय गरेको थियो । गिरीले लभने अदालत जाने बताइसक्नु भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७