पर्वत ।
पर्वतमा पछिल्लो साता भित्रिएकाहरुलाई क्वारेण्टाइनमा राख्न थालिएको छ ।
जिल्लामा भित्रिएकालाई अनिवार्य क्वारेण्टाइनमा राख्न निर्देशन दिएपछि स्थानीय तहले नयाँ आएकाहरुलाई क्वारेण्टाइन राख्न थालेका हुन् ।
पछिल्लो साता काठमाण्डौ लगायत शहरबाट जिल्ला भित्रिएका २३ जनालाई क्वारेटाइनमा राखिएको हो ।
जलजलामा ६, पैंयुमा ६, फलेवासमा २, महाशिलामा ९ जना क्वारेन्टाइमा बसेका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिनुभयो ।
ती मध्ये ६ जना तराई क्षेत्रबाट आएका हुनाले उनीहरुको आज स्वाव संकलन गरि परिक्षणका लागि पोखरा स्थित प्रयोगशालामा पठाइएको प्रजिअ घिमिरेले बताउनुभयो ।
यस्तै, भारतबाट आएकाको सम्पर्कमा रहेका फलेवास नगरपालिका वडा नं. ३ का एक दम्पत्ती पर्वतको अस्थायी कोरोना अस्पतालमा आइसोलेशनमा रहेका छन् ।
ज्वरो र खोकी जस्ता लक्षण देखिएपछि उनीहरुलाई आइसोलेशनमा राखिएको पर्वत जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताउनुभयो ।
उनीहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर पोखरा पठाइएको र आज साँझसम्म रिपोर्ट आउने डा. देवकोटाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७, १३:३१