काठमाडौँ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढि पानी चितवन जिल्लाको नारायणी देवघाटमा परेको छ ।
देवघाट क्षेत्रमा २ सय ५०.४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशका धेरै स्थानमा ठूलो पानी परेको र एक–दुई स्थानमा धेरै ठूलो पानी परेकाले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा पनि भारी देखि धेरै भारी पानी परेको छ । सुदूरपश्चिम प्रदेश बाहेक देशका अन्य अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ।
लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थान तथा बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा पानी परेको छ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३