काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ३ बुच्चाकोटस्थित बीपी राजमार्ग सडकखण्डमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
आज दिउँसो २ बजे बनेपाबाट रोशी सुगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भइ सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो।
बसमा २४ जना सवार मध्ये दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका छान् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३