ओखलढुङ्गा । रेडियोको विकास र प्रवर्द्धन सम्बन्धी तालिम आजदेखि ओखलढुङ्गामा सुरु भएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालसँगको सहकार्य, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा सुरु भएको तालिममा कोशी प्रदेशका रेडियो सञ्चालकहरुको सहभागिता रहेको छ ।
तालिमको आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले उद्घाटन गर्नुभयो ।
मन्त्री पराजुलीले कोशी प्रदेशका रेडियोहरुको क्षमता विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभयो । उहाँले कोशी प्रदेशमा सन्चार क्षेत्रको विकासका लागि प्रतिष्ठान गठनको तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
तालिमको उद्घाटन कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय उपाध्यक्ष गोपाल बराइली, बानका महासचिव नबिनबाबु राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का, महासचिव हिमा चेम्जोङ, पूर्व केन्द्रिय सदस्य दिपेन्द्र रुम्दाली, महासंघका संखुवासभा अध्यक्ष कृष्णराज शाक्य लगायतले रेडियोहरुको संरक्षण गर्न नसके नेपालमा लोकतन्त्र सङ्काटमा पर्ने बताउनुभयो ।
तालिममा यही जेठ ८ गतेसम्म सन्चालन हुने अकोराबका प्रदेश अध्यक्ष टेकबहादुर खड्काले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३