दाङ । दाङको घोराहीबाट सञ्चालन हुँदै आएको रेडियो मध्येपश्चिम ९१ थोप्लो ४ मेगाहर्जले २१ओैँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिमले आफ्नो वार्षिकोत्सवका अवसरमा ३ दिने कार्यक्रम अन्तरगत पहिलो वैशाख ३० गते रक्तदान कार्यक्रम गरेको थियो भने दोस्रो दिन ३१ गते छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
हिजो शुक्रवार दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष मधुसुदन वैद्यको अध्यक्षता तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रेडियोले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको छ । स्मारिकाका बारेमा नेपाल संस्कृत विश्वविद्यालयका सांस्कृतिक अनुसन्धान प्रतिष्ठानका टीकाराम उदासीले समीक्षा गर्नु भएको थियो ।
कार्यक्रममा न्याय परिषद्का पूर्व सदस्य पदम बैदिक, रेडियोका पूर्व अध्यक्ष एवं सल्लाहकार शुसील गौतम, टिकाराम रेग्मी, ऋषीराज जङ्गली, पत्रकार महासंघका केन्द्रिय सबिव सविन प्रियाशन, दाङ शाखा अध्यक्ष सन्तोष सुबेदी, नेपाली काँग्रेस दाङ उपसभापति कमानसिङ भारती, नेकपा दाङका सचिब विश्वराज आचार्य, दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केबी मशाल, पत्रकार महिला मञ्च दाङ अध्यक्ष लक्ष्मी आचार्य, घोराही उपमहानगरपालिकाका सहकारी महाशाखाका प्रेम केसी, दाङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, नागरीक समाज दाङका सचिब नारायणप्रसाद श्रेष्ठ, रेडियोका पूर्व अध्यक्ष माधब शर्मा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
स्थापना दिवसका अवसरमा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रशंसापत्र प्रदान गरीएको छ ।
२०६३ पुस २८ गतेदेखि परीक्षण प्रसारण थालेको रेडियो मध्येपश्चिम ९१ थोप्लो ४ मेगाहर्जले २०६४ जेठ १ गतेदेखि नियमित प्रशारण थालेको थियो ।
रेडियोले बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म समाचार , विषयबस्तुमा केन्द्रीत बहस र अन्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २, २०८३