काठमाडौँ । देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले "एक वर्ष जोड्नुस ४ वर्ष हेर्नुस्" अफर सार्वजनिक गरेको छ।
यस अफरमा अब ग्राहकहरूले ३०० एमबीपीएस उच्च गतिको इन्टरनेट र आइपी टीभी जडानमा ४ वर्षसम्म आइपी टीभी सेवा साथै वाइफाई सिक्स राउटर पनि निःशुल्क पाउने छन् ।
प्रति दिनको मात्र रु ४० को दरले यो अफर वार्षिक जडान गर्न सकिने क्लासिक टेकले जनाएको छ ।

एचडी तथा एसडी प्रिमियम टीभी च्यानलमा इतिहासदेखि मनोरञ्जन बालबालिका , खेलकुदसम्मका सयौँ टीभी च्यानलहरू समाबेश गरिएको छ।
यसको मूल्य ५ सय प्रति महिना पर्न आउने तर अफरमा लिदा भने प्रति महिना मात्र २०३ रुपैयाँ रहेको र कुल ३ वर्ष टिभी बोनसमा ग्राहकलाई ७ हजार ३ सय २२ रुपैयाँ बराबरको फाइदा हुने कम्पनीले बताएको छ।
कम्पनिका अनुसार ग्राहकको तिब्र आवाश्यकतालाइ मध्य नजर गर्दै, १ वर्ष इन्टरनेट तथा आइपी टि. भी जडानमा ३ बर्षे निशुल्क आइपी टि. भी सेवा अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ।
थप जानकारीका लागि क्लासिकटेकको नजिकको शाखा कार्यालय, ९७०९१८४१४७ मा फोन गर्न वा www.classictech.com.np मा सम्पर्क गर्न कम्पनीको आग्रह छ।
प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३