काठमाडौँ । रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार आज भएको दुर्घटनामा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको हो । थबाङ गाउँपालिका १ जलजलामा जिप दुर्घटनामा परेको हो ।
रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप करिब ८ सय मिटर तल खसेको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३