काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुम्बासी बस्ती खाली गरिएको छ ।
सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकाारी निकायको समन्वयमा बस्ती खाली गरिएको हो ।
आफू घरवारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई भने दशरथ रङ्गशालामा लगिएको छ ।
बस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई काठमाडौँ महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारीसाधन तथा व्यवस्थापकीय काममा सहयोग गरेका थिए ।
केही मानव अधिकारकर्मीहरूले बस्ती स्थानान्तरणको विरोधमा असन्तुष्टि जनाएको भए पनि आज शान्तिपूर्ण रूपमा बस्ती खाली गरिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३