काठमाडौँ । पूर्वी नवलपरासीमा बस, ट्रक र बलेरो गाडी एक आपसमा ठोकिँदा ९ जना घाइते भएका छन् ।
गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिरस्थित पूर्वपश्चिम लोकमार्गमा नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस, ट्रक र बलेरो गाडी एक आपसमा ठक्कर खादा ९ जना घाइते भएका हुन् ।
नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१– ००१ ख ०९१० नम्बरको बस, विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०१–०२८ च ५००४ नम्बरको बलेरो जीप र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.३ ख ३१६३ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा बसमा सवार ३५ जना मध्ये ७ जना र बलेरो गाडीको चालक र ट्रक चालक घाइते भएका छन् ।
घाइतेहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज चितवन पठाएको छ ।
उनीहरुध्ये समान्य घाईते भएका ६ जना उपचार पश्चात फिर्ता भएका छन् भने ३ जना उपचारत रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले सीआईएनसँग बताउनुभयो ।
उपचारत रहेकाहरुको अवस्था पनि सामान्य रहेको बताइएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०८२