काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई पक्राउ गरेको छ ।
सीआईबी प्रमुख एआईजी मानेज केसीले आज बिहान काठमाडौँ बुढानीलकण्ठबाट खड्कालाई नियन्त्रणमा लिइएको बताउनुभयो ।
उहाँका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि पक्राउ गरिएको हो ।
२४ भदौमा भएको तोडफोड र आगजनीको समयमा नेता खड्काको घरमा पनि जलेका नोटका अवशेष भेटिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२