बाँके । बाँकेको नेपालगञ्जमा आगो लागेको अवस्थामा भेटिएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीका अनुसार गएराति बाँकेको नेपालगञ्ज १२ कोरियनपुरमा एक महिलालाई आगो लागेको अवस्थामा फेला पारिएको थियो ।
उपचारका लागि भेरी अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको र घटनाका बारेमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
सामाजिक सञ्जालमा एक समूहले आगो लगाएको भन्ने खबर सार्वजनिक भए पनि प्रहरीले भने हालसम्म आफूहरूले त्यस्तो कुनै प्रमाण फेला नपारेको बताएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२