काठमाडौँ । गएको फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका सांसदहरूले आज शपथ ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित संसद्को अस्थायी सभाकक्षमा आयोजित सभामा उनीहरूले ज्येष्ठ सदस्य अर्जनु नरसिंह केसी समक्ष शपथ लिएका हुन् ।
सपथपत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले सांसदको लोगो र अध्ययन सामग्रीसहितको झोला प्राप्त गरेका छन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२