काठमाडौँ । लागु औषध मुद्दामा कैद भुक्तान गरिरहेको अवस्थामा जेन जी आन्दोलनको समयमा फरार रहेका मनिषराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
१० वर्ष कैद सजाय कायम भएर २०८२ साउन २२ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका काठमाडौँ महानगरपालिका २५ घर भइ हाल काठमाडौँको तारकेश्वर ९ मनमैजु बस्ने वर्ष ३५ का मनिष राज श्रेष्ठ गएको भदौ २४ कारागारबाट भागेका थिए ।
कारागारबाट फरार रही काठमाडौं उपत्यकामा लुकीछिपि रहेको अवस्थामा सीआईबीबाट खटिएको प्रहरी टोलीले गएराति ठमेलबाट पक्राउ गरेको हो ।
उनलाई कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पेश गरिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२