काठमाठौँ । आज बिहान त्रिशुलीमा नदीमा खसेको बसमा ४५ जना यात्रु रहेको खुलेको छ ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस बिहान करिब सवा १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौँदीबाट त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता सैलेन्द्र थापाका अनुसार माछापुछ्रे ट्राभल्सको बस दुर्घटनामा परेको हो ।
उहाँले बसमा ४५ जना चढेको जानकारी दिँदै पोखराबाट ४३ जना चढेको र मुग्लिनबाट २ वा ३ जना थप चढेका थिए ।
दुर्घटनामा २८ जना घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौँ, धादिङलगायतका स्वास्थ्य संस्थामा पठाइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२