काठमाडौा । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकैबाट आज बिहान त्रिशुली नदीमा बस खस्दा १७ जनाको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस करिब सवा १ बजे त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा परेका २८ जनालाई थप उपचारका लागि काठमाडौँ, धादिङलगायतका स्वास्थ्य संस्थामा पठाइएको र एक जनाको उद्धारको काम भइरहेको घटनास्थलमा रहनुभएका धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार दुर्घटनास्थलमा मोड रहेकाका कारण तीव्र गतिका कारण अनियन्त्रित भइ बस खसेको अनुमान गरिएको छ ।
प्रहरीको अनुसार मृत्यु हुनेमा ४ महिला र १३ पुरुष छन् तर अहिलेसम्म उनीहरूको परिचय खुल्न सकेको छैन ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी उद्धार तथा व्यवस्थापनमा जुटेको धादिङका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२