काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारका कार्यक्रम आजदेखि सुरु गर्दैछन् ।
उनीहरूले यसअघि नै प्रचारप्रसार सुरु गरेको भए पनि आजदेखि औपचारिक रुपमा प्रचारप्रसार गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको हो ।
मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था भएकोले आजदेखि उक्त व्यवस्था कार्यान्वयनमा आएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् ।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२