काठमाडौँ । पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ ।
भेन्टिलेटरमा उपचाररत उहाँको आज निधन भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता बालेन्द्र शाहको साथमा गएका बेलामा अछाममा रङ्ग पत्रकार सिटौला बेहोस भएर ढलेपछि हेलिकप्टरमार्फत सुर्खेत र त्यहाँबाट नेपाली सेनाको स्काइ ट्रकमार्फत काठमाडौँ ल्याएर उपचार सुरु गरिएको थियो ।
अस्पतालले निकालेको विज्ञप्तिमा ३ दिनसम्म भेन्टिलेटरमा राख्दा पनि उहाँको स्वास्थ्यमा सुधार हुन नसकेको उल्लेख छ ।
पत्रकार सिटौलालाई मस्तिष्कघात भएको चिकित्सकको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०८२