काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ९० प्रतिशत तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
सीआईएनसँग कुराकानी गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले तत्काल गर्नुपर्ने काममध्ये ९० प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार तयारीका काम चुनावको अघिल्लो दिनसम्म पनि निरन्तर चल्नेछ । पहिल्यै गरिसक्नुपर्ने काम पनि तीव्र गतिमा भइरहेको उहाँको भनाइ छ ।
फागुन २१ को चुनावका लागि लागु गरिएको निर्वाचनको आचारसंहिताको कडाइका साथ कार्यान्वयनका लागि पनि सरोकारवालासँग संवाद र समन्वय भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, माघ १७, २०८२