जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेताहरुलाई निष्काशन गरेको छ।
पार्टीका संरक्षक महन्थ ठाकुर र पार्टी अध्यक्ष उपेन्द्र यादवले अाज प्रेस विज्ञप्ति जारी गर्दै ६ जना प्रतिनिधि सभा सदस्य बनेका बागी उम्मेदवारसहित ८ जना नेताहलाई पार्टीबाट निष्कासन गरिएकाे जानकारी िदनुभएकाे हाे ।
यसरी निष्कासनमा पर्नेहरुमा पर्साका प्रदीप यादव, बाराका कमरुल्लाह अन्सारी, नवलकिशोर सिंह, चन्दनकुमार सिंह र आत्माराम साह, सर्लाहीका उदयकान्त मिश्र, महोत्तरीका हरिनारायण यादव र डा. शिवजी यादव रहेका छन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्ष तर्फ जनता समाजवादी पार्टी, नेपालको नीति तथा निर्णयविपरित पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने तथा पार्टी हित, पार्टी अनुशासन र विधान विपरित कार्य गरेकोले आजैका मितिदेखि लागू हुने गरि पार्टीबाट निष्कासन गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०८२