काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि पर्सि रातिसम्म देशका विभिन्न भागमा हिउँ र पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार भोलि दिउँसोदेखि पर्सि रातिसम्म देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम पानी पर्नुका साथै हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ ।
मौसमविद् हरि प्रसाद दाहालले सीआईएनसँग कुरा गर्दै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई वर्षा र हिमपातको अवस्था देखिन सक्ने जानकारी दिनुभयो । उहाँका अनुसार मौसम परिवर्तनका कारण चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।
महाशाखाले विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्नेहरू, िकसान तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई मौसमको अद्यावधिक जानकारी लिन र सावधानी अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०८२