काठमाडौँ । भोलि र पर्सि सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा भने मध्यम खालको पानी पर्ने छ भने बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम पानी पर्ने भएकाले त्यसअनुसारको सावधानी अपनाउन महाशाखाले भनेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागमा मेघगर्जन/चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ।
सो को प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि महाशाखाको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०८२