काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा भने मध्यम खालको हिउँ पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरू, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको लामिछानेको भनाइ छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र पानी पर्ने सम्भावना रहेको छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित असिनाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२