काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनय दर्ता गरेकामध्ये महिला उम्मेदवारको सङ्ख्या ३ सय ९५ रहेको छ ।
३ हजार ४ सय ८४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका मध्ये ३ सय ९५ जना महिला, ३ हजार ८८ जना पुरुष र १ जना अन्य समूहका उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।
राजनीतिक दलबाट २ हजार २ सय ९७ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । यसमा २ सय ३५ महिला, २ हजार ६४ पुरुष र १ जना अन्य समूहका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
स्वतन्त्रतर्फ भने १ हजार १ सय ८७ जनाले उम्मेदवारी दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार स्वतन्त्रतर्फ १ सय ६० महिला, १ हजार २४ पुरुष उम्मेदवार छन्।
उमेर समूहका आधारमा २५ देखि ३५ वर्षसम्मका ५ सय ८३, ३६ देखि ५० वर्षसम्मका १ हजार ६ सय १०, ५१ देखि ६५ वर्षसम्मका १ हजार ९० र ६५ वर्ष माथिका २ सय १ जना उम्मेदवार छन्। निर्वाचनमा ६५ वटा राजनीतिक दल सहभागी हुने छन्।
प्रकाशित मिति: बुधबार, माघ ७, २०८२