काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली काँग्रेसको आधिकारिक सभापति भएको बताएको छ ।
केहीबेर अघि सकिएको आयोगको बैठकबाट यस्तो निर्णय भएको हो ।
पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो । विशेष महाधिवेशनबाट भएको निर्णय अनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएका थिए ।
शेरबहादुर देउवा पक्षका नेताहरूले आज बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए ।
त्यसपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई आयोगमा बोलाएर थप जानकारी लिएको आधारमा आधिकारिकताको निर्णय लिएको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२