रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट सञ्चालनमा रहेको सामुदायिक रेडियो आफनो एफएमले आफनो स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा तथा रेडियो सेट वितरण गरेको छ ।
जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर १ स्याउलीबजारवाट नियमित प्रसारणमा रहेको रेडियोले १० औँ वार्षिकोत्सवको अवसरमा न्यानो कपडा तथा रेडियो सेट वितरण गरेको हो ।

चौरजहारी नगरपालिका अन्तर्गत विभिन्न वडाका ६० वर्षदेखि १ सय २ वर्षका शारीरिक अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुको घरमै पुगेर मानव विकास तथा सामुदायिक सेवाका रेडियो प्रसारण विभाग संयोजक विजय मानन्धरले न्यानोकपडा तथा रेडियो सेट हस्तान्तरण गर्नुभएको हो ।
चौरजहारी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका विरामीहरुलाई आज फलफूल वितरण गर्ने कार्यक्रम रहेको रेडियोले जनाएको छ।
जाडोको समयमा जेष्ठ नागरिकहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले न्यानो कपडा फाईवर सिरक हस्तान्तरण गरिएको मानव विकास तथा सामुदायिक सेवाका रेडियो प्रसारण विभाग संयोजक मानन्धरले बताउनुभयो ।
२०७३ साल पौष २७ गते स्थापना भएको रेडियोले समाचार, सूचना, मनोरञ्जन लगाएतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२