विनोद राजवंशी
झापा । काठमाडौँबाट झापाको चन्द्रगढी (भद्रपुर) विमानस्थलमा अवतरण गरेको बुद्ध एयरको जहाज चिप्लिएर धावनमार्गबाट करिब २ सय मिटर बाहिर पुगेको छ ।
घटना लगत्तै सुरक्षा निकाय, विमानस्थल प्रशासन र उद्धारकर्मीहरूको सक्रियतामा जहाजमा सवार चालक दलका सदस्यसहित कुल ५५ जनाकै सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
घटनामा कुनै पनि मानवीय क्षति भएको छैन। सबै यात्रुहरू सुरक्षित रहेको र आवश्यक समन्वय भइरहेको प्रहरीको भनाइ छ।
विमानस्थलको उडान सेवा र अन्य प्राविधिक विषयमा आधिकारिक निकायबाट आउने थप जानकारीको प्रतीक्षा गर्न र सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना नफैलाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२