काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ ।
पार्टीको ११ औँ महाधिवेशन अन्तर्गत हिजो बिहान सुरु भएको मतदान आज बिहान सकिएको नेता माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौँको भृकुटीमण्डपमा आज बिहान साढे ७ बजेपछि मतदान सकिएको हो । २ हजार २ सय ६३ प्रतिनिधि चयन भएकामध्ये ३६ जना प्रतिनिधि अनुपस्थित रहेको ढुङ्गेलले बताउनुभयो ।
अब केही बेरमा मतगणना सुरु हुने र बिहान ११ बजेभित्र अन्तिम नतिजा आइसक्ने नेताहरूले बताएका छन् ।
निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२