काडमाडौँ । नेकपा एमालेको आगामी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज बिहान अध्यक्षका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेसँगै मतदान सुरु भएको हो । ७७ नम्बर मेसिनमा ओलीले र पोखरेलले ७६ नम्बरको मेसिनबाट मतदान गर्नुभएको छ ।
मेसिनमा प्राविधिक समस्या आएको भन्दै हिजोका लागि तय गरिएको मतदान आज बिहानबाट सुरु गरिएको हो ।
२२ सय ६३ प्रतिनिधि मतदानमा सहभागी भएको निर्वाचन नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२