काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।
बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको बैठकमा उपस्थिति हुने उहाँको भनाइ छ ।
बैठकले काँग्रेस नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्ने जनाइएको छ । गएको शनिवार उपचारका क्रममा उहाँको निधन भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२