नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन जी र सरकारबीच भएको १० बुँदै सम्झौताको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले जेनजीसँगको सम्झौतालाई कलाविहीन नाटक भन्नुभयो ।
सिंहदरवारमा भएको सम्झौतालाई असन्तुष्ट जेनजीले नै च्यातेको उल्लेख गर्दै उहाँले यस्तो सम्झौतालाई एमालेले मान्यता नदिने बताउनुभयो ।
नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवासँगको केही दिनअघि भएको संवादका बारेमा चर्चा गर्दै अध्यक्ष ओलीले काँग्रेस र एमाले नै अहिलेको मुख्य शक्ति भएको उल्लेख गर्दै दल खोल्ने होडका कारण मुलुकमा १ सय ४३ दल पुगेको टिप्पणी गर्नुभयो ।
नेकपा एमालेको यही शनिवारबाट सुरु हुन लागेको महाधिवेशनमा अध्यक्ष पदका लागि अरु कसैले उम्मेदवारी निदने अपेक्षा गरेको उल्लेख गर्दै आफू नै नेतृत्वमा दोहरिने सङ्केत गर्नुभयो ।
नयाँ नेतृत्वको बारेमा पार्टीका नेताहरूसँग सहमतिको सम्भावना भए पनि पूर्व शर्त र दबाबका आधारमा कुनै पनि सहमति नहुने उहाँले प्रष्ट पार्नुभयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२