काठमाडौँ । संरक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा विक्री वितरण मुद्दामा फरार रहेका कैदी पक्राउ परेका छन् । संरक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा बिक्री वितरण मुद्दामा ६ वर्ष कैद सजाय ठहर भएका एक फरार कैदी काठमाडौँमा पक्राउ परेका केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ।
गोरखा सिरानचोक ८ घर भई हाल तारकेश्वर मनमैजु बस्ने २२ वर्षीय सबिन गुरुङ २०८२ भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए। गुरुङलाई काठमाडौं जिल्ला अदालतले २०८१ भदौ २८ गते अवैध वन्यजन्तु व्यापार मुद्दामा ६ वर्ष कैद सजाय सुनाएको थियो।
फरार रहेकै अवस्थामा हिजो प्रहरीको खोजतलास टोलीले गुरुङलाई मनमैजुबाट पक्राउ गरी पुनः केन्द्रीय कारागार, जगन्नाथदेवलमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२