काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले अब नेपाली नागरिकले भिजिट वा श्रम भिसाका लागि अनिवार्य रूपमा नेपाल प्रहरीले जारी गरेको ‘प्रहरी रिपोर्ट’ पेस गर्नुपर्ने नियम लागू गरेको छ।
काठमाडौंस्थित यूएई दूतावासले सुचना जारी गर्दै अब भिसाका लागि प्रहरीको रिपोर्ट अनिवार्य गरिएको जानकारी दिएको हो ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि सुरक्षा कारण देखाउँदै नेपालीका लागि भिजिट र श्रम भिसा रोकिदिएको थियो। औपचारिक रूपमा नेपाललाई भने जानकारी दिएको थिएन। हाल दूतावासले सबै प्रकारका भिसा पुनः खुला गरिएको बताएको छ। भिसा खुलाउन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाल सरकारसँग निरन्तर पहल गर्दै आएको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२