काठमाडौँ । बाँके नेपालगन्जको रेडियो कृष्णसार र उदयपुरको रेडियो उदयपुरलाई नेपाल पत्रकार महासङ्घले ‘लैङ्गिक समानता र सामाजिक समावेशिता पुरस्कार २०८२’ (जेसी च्याम्पियन मिडिया) प्रदान गरेको छ ।
नेपालको मिडिया क्षेत्रमा लैङ्गिक समानता र समावेशिता प्रवर्धनका लागि गरेको उत्कृष्ट अभ्यास, नवीन पहल र निरन्तर प्रयासको मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको महासङ्घका अध्यक्ष निर्मला शर्माले बताउनुभयो ।
अवार्ड ग्रहण गर्नुहुँदै रेडियो कृष्णसार एफएमका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक तुला अधिकारी।"रेडियोले लैङ्गिक समानता र सामाजिक समावेशिताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको, समाचार कक्षमा महिला सहभागिता, समावेशी भर्ना, लैङ्गिक तथा सामाजिक समावेशीकरण नीति, महिलाका मुद्दालाई प्राथमिकता, गुनासो व्यवस्थापन संयन्त्र, अपाङ्गमैत्री पुर्वाधार र पत्रकार सुरक्षा क्षेत्रमा नमूना अभ्यास गर्दै आएका कारण सम्मान गरिएको छ ।" दुबै रेडियोलाई प्रदान गरिएको अवार्ड प्रमाणपत्रमा भनिएको छ ।
अवार्ड ग्रहण गर्नुहुँदै रेडियो उदयपुरका कार्यकारी निर्देशक वन्दना दनुवार ।काठमाडौँमा आयोजित विशेष समारोहमा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपाल, राष्ट्रिय सूचना आयोगका अध्यक्ष सुरेश आचार्य, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य लगायतले अवार्ड हस्तान्त्रण गर्नुभएको हो ।
कृष्णसार एफएमका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक तुला अधिकारी र रेडियो उदयपुरका कार्यकारी निर्देशक वन्दना दनुवारले अवार्ड ग्रहण गर्नुभएको हो ।
महासङ्घका अनुसार सम्मान छनोट समित मार्फत् विभिन्न सूचकका आधारमा उत्कृष्ट छनोट गरी दुबै रेडियोलाई अवार्ड प्रदान गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२