काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा महाधिवेशन सम्बन्धी निर्णय र समसामयिक परिवेशका बारेमा कुराकानी हुने नेता महेश बर्तौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जेनजी आन्दोलनका समयमा जलेको पार्टी कार्यालय मर्मतपछि त्यहाँ पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२