काठमाडौँ । निर्वाचन आयोगले आफ्नो वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँच नभएको स्पष्ट पारेको छ ।
आयोगको वेबसाइटमा अनधिकृत प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचना फेला पारेको भनी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राखिएका दावीहरूमा सत्यता नभएको आयोगको भनाइ छ ।
आयोगका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति निकाल्दै कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सूरक्षा जोखिम विश्लेषण गरी सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अबलम्बन गरिरहेको पनि आयोगले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२