काठमाडौँ । चितवनको सौराहामा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु हुँदैछ ।
५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने पार्टी सचिवालय सदस्य हरि ढकालले जानकारी दिनुभयो ।
बैठकमा पार्टी कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने उहाँको भनाइ छ ।
केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि बैठकमा भाग लिँदैछन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२