काठमाडौँ । यही कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको मृत्यु भएको छ । 
एकजना लेक लागेर बिरामी परेका एक स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 
जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार आज र भोलि केही प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । 
बङ्गालको खाडी र अरब सागरमा बनेको दुईवटा न्यूनचापीय प्रणालीले आगामी मङ्गलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा/हिमपात गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद विनु महर्जनले सीआईएनसँग बताउनुभयो । 
पर्वतारोहण, पदयात्रामा निस्किदा सावधानी अपनाउन मौसमविदले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनुरोध गरेका छन् । 
हाल पर्यटन सिजन चलिरहेकाले उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रामा निस्किँदा लेक लागेर मृत्यु वा घाइते हुने दर बढ्न थालेको भन्दै सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको हो । 
हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान एवं सोको आधारमा प्राधिकरणबाट प्रकाशन गरिने पूर्वसूचना एवं अलर्टबारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न, आवश्यक पूर्वतयारी गर्न र लेक लागि हालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न र एक्लै यात्रामा ननिस्कन पनि प्राधिकरणले अनुरोध गरेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२