काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीहरूको दोस्रो ठूलो पर्व आजदेखि सुरू हुँदैछ । आज दिउँसो १ बजेर २३ मिनेटबाट त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्व सुरु हुने भएको हो ।
दिउँसोदेखि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईको भनाइ छ । काग तिहार भने भोलि परेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२