काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज मधेश प्रदेश सभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलका अनुसार संविधानको धारा १ सय ८८ को उपधारा (२) तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४०) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको सभामुख मण्डलले जानकारी दिनुभयो ।
मुख्यमन्त्री सिंह नेतृत्वको सरकारकारमा नेकपा एमाले, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी आवद्ध थिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री सिंहले फेसबुकमार्फत राजिनामाको घोषणा गरेपछि उहाँ आवद्ध पार्टी जनमतले पदबाट राजीनामा दिन भनेको थियो तर फिर्ता बोलाउँदा पनि पद नछोडेपछि एमाले, कांग्रेस र गएको आइतबार लोसपाले पनि मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२