हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको छ ।
हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबारसम्म बन्धक रिहा गर्ने सहमती भएको छ । जसअन्तर्गत २० जना जिवित र २८ शव हस्तान्तरण हुने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
टाइम्स अफ इजरायलले जीवित बन्धकको सूचीमा नेपालका विपिन पनि रहेको सार्वजनिक गरेको हो । यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख थियो ।
वाशिङ्टन पोस्टसँगै टाइम्स अफ इजरायल, एपीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ ।
तस्बिर : टाइम्स अफ इजरायल
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२