काठमाडौँ । कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोशीमा ८ र बागमतीमा ११ ठाउँका सडकमा आवतजावत हुन सकेको छैन ।
कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा बाढी, पहिरोका कारण सडक अवरुद्ध छ भने पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग बन्द भएका कारण आवागमन रोकिएको छ ।
कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०८२