काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।
परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेमा उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउनसक्ने व्यवस्था गरेको छ ।
यही २०८२ असोज १९ गतेदेखि २९ गते साँझ ५ः०० बजेभित्र परीक्षार्थीले आफूले चाहेका विषयका लागि बोर्डको वेबसाइटमा गई फाराम भरी आवेदन गर्नसक्ने व्यवस्था गरेको उहाँले बताउनुभयो।
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२