काठमाडौँ । नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको थियो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।
अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले यसअघि नै शपथ ग्रहणसहित पदभार ग्रहण गरि सक्नुभएको छ ।
डा संगिता कौसल मिश्राको नाम पनि मन्त्रिपरिषद्ले सिफारिस गरेको चर्चा चलेको थियो तर शपथ भने चार जना मन्त्रीले मात्रै लिएका हुन् ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२