काठमाडौँ । सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पर्सि शोक बिदा दिने निर्णय गरेको हो । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूको शवमा राष्ट्रिय झण्डा ओढाउने निर्णयसमेत भएको बताउनुभयो ।
जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई १५ लाख रुपैँया दिने, सहिद घोषणा गर्ने र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय भएको गृह तथा कानुनमन्त्री अर्यालले जानकारी दिनुभयो ।
यसैबीच प्रहरी प्रधान कार्यालयले जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गर्नुभएको सूचनाका अनुसार आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर उक्त राहत रकम मृतक प्रहरीका परिवारलाई दिने निर्णय भएको हो ।
आन्दोलनका क्रममा ३ जना प्रहरीको मृत्यु भएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२